arrow

महिला टी–२० क्रिकेटमा कोशीको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
pmcup-bagmati-koshi-2080.jpg

काठमाडौँ । प्रधाममन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । 

जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।
 
कोशी प्रदेशकी अर्की खेलाडी अपसरी बेगमले पनि समान ४१ रन बनाइन् । उनले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् । कप्तान रुविना क्षेत्रीले दुई रन बनाइन् । 

बलिङतर्फ बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । 

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । 

त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन–तीन जोडे । 

बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुई–दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । 

यस जीतसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । 

हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ