जनकपुरमा कांग्रेस मधेस प्रदेश सम्मेलनको बन्द सत्र जारी
निरंजनकुमार साह,
प्रकाशित २०८० पुष ६ शुक्रबार
1.8k
Shares
धनुषा । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्द सत्र जारी रहेको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहानदेखि बन्द सत्र सुरु भएको हो ।
प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतिमा शुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक तथा कोषाध्यक्ष प्रदीप यादवले आर्थिक प्रतिवेदन पेस गरेका छन् ।
बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ जना सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।