arrow

प्रहरीको कुटाइबाट स्थानीयको मृत्यु भएपछि कार्यालय घेराउ, तीन जना घाइते 

logo
निरंजनकुमार साह, 
प्रकाशित २०८० पुष ६ शुक्रबार
police-post-dhanusha-2080-0.jpg

धनुषा । धनुषामा स्थानीय र प्रहरीबीचको झडपमा तीन जना घाइते भएका छन् । धनुषा हँसपुर नगरपालिका  वडा नं ५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीचको झडपमा तीन जना घाइते भएका हुन् ।

 एक स्थानीयको प्रहरीको कुटाईबाट निधन भएपछि आक्रोशित स्थानीयको भीड प्रहरी चौकी घेराउ गर्न पुगेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

स्थानीय दिपा मण्डललाई विवादको घटनामा प्रकाउ गरी ईलाका प्रहरी कार्यालयमा लगिएका बेला सई तुलानन्द ठाकुरको पिटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लाग्न गइ निधन भएको स्थानियको आरोप छ । 

मण्डलको निधन भएपछि आक्रोशित स्थानियहरु शुक्रबार बिहानै प्रहरी चौकी घेराउ गर्न पुगेको बताइएको छ ।

घटनास्थल तनाव ग्रस्त रहेको र प्रहरी नायक उपरीक्षक नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ