arrow

टी–२० महिला क्रिकेटमा कर्णालीमाथि गण्डकीको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
pmcup-gandaki-karnali-.jpg

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो । 

जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । बिहीबार खेलेको पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग चार विकेटले पराजित भएको थियो ।
 
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो । जितका लागि एक सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमा समेटियो ।

गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीको उत्कृष्ट साझेदारी गरे । अञ्जलीले ५१ रन बनाइन् । उनले ४८ बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन् । 

यस्तै ज्योत्स्निकाले ४० बलमा पाँच चौका र एक  छक्कासहित ५० रन बनाइन । यस्तै सुमन खतिवडाले १७ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाइन । 

बलिङतर्फ कर्णालीकी यमुना थारु र अन्जु गुरुङले दुई तथा रश्मी खड्काले एक विकेट लिइन् ।

यसैगरी कर्णालीका लागि ९७ रन बनाउने क्रममा गौरी बोहराले २६, यमुना थारुले २१ तथा तृसना विश्वकर्माले १९ रन जोडिन् । 

बलिङतर्फ गण्डकी प्रदेशकी रचना चौधरीले दुई तथा सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले एक एक विकेट लिए । जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि बिहीबार खेलेको पहिलो खेलमा कर्णाली कोशी प्रदेशसँग १० विकेटले पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ