- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँदिल्ली । भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढेपछि सतर्कता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देशभरमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ ।
साथै पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।