arrow

प्रो क्लब  टी-२० मा आज दुई खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
cricket-ballhitting-wickets.jpg.jpeg

वीरगञ्ज (पर्सा) । यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप  टी-२० प्रतियोगितामा आज दुई खेल हुँदैछन् । 

नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

 नेपाल आर्मी क्लब र पर्सा-११ बीच अर्को प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा-११ दोस्रो स्थानमा छ । 

अङ्कतालिकामा समान दुई-दुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन् । भारतको युपी-११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन् ।

नारायणी रङ्गशालाप्रति तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलले संयुक्तरूपमा प्रतियोगिता आयोजना गरेका हुन् । 

प्रतियोगितामा पर्सा-११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी-११ गरी छ  टीमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले राससलाई जानकारी दिए ।     

प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ