arrow

कांग्रेसको संस्थापन इतरलाई बेवास्ता गर्दै थपिए लुम्बिनीमा दुई मन्त्री 

logo
नारायण वली,
प्रकाशित २०८० पुष ८ आइतबार
lumbini-krishnaa-saroj-2080-0.jpg

बुटवल । लुम्बिनी प्रदेश सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले बुटवलमा माओवादी केन्द्रकी कृष्णा केसीलाई शहरी विकास र नेपाली कांग्रेसको संस्थापन पक्षका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराएका छन् ।

१० मन्त्रालय रहेको लुम्बिनीमा यो विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैँले राखेका छन् ।

कांग्रेसको संस्थापन इतर पक्ष अटेन
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भए पनि कांग्रेसको संस्थापन इतर पक्ष भने समेटिन सकेन । यसअघि स्वास्थ्यमन्त्री बनेका दाङका राजु खनाल पनि संस्थापन पक्षबाटै मन्त्री बनेका थिए ।

कांग्रेसको संस्थापन इतरका गगन–शेखर पक्षले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्रीका लागि अगाडि सारेको भए पनि मुख्यमन्त्री चौधरीले उनीहरुको कुरा नै सुनेनन् । 

यसले कांग्रेसलाई एकताबद्ध गराउनुको सट्टा दोषारोपणलाई मलजल गरेको छ । संस्थापन इतर पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाको पेलेरै जाने रवैयाको देखासिकी प्रदेशमा पनि देखिँदै गएको आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ