arrow

राजनीतिले मुलुकलाई पीडा मात्रै दियो : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
kalyan-shrestha-new.jpg

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडा मात्रै दिएको टिप्पणी गरेका छन् । राजनीतिलाई अनुत्पादक क्षेत्रको रूपमा चित्रण गर्दै उनले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिरसमेत गरे। 

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकार कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्कसमेत गरे ।

राजधानीमा आइतबार भएको पाँचौँ बाह्रखरी लेखन प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्दै उनले देशमा राजनीतिले समस्याको समाधान दिन नसकिरहेको उल्लेख गरे। देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरू विदेशिने क्रम बढिरहेको पनि बताए । 

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘साहित्यकारहरूलाई गरिब बनाएर, सृजनशील समुदायलाई गरिब बनाएर र जर्जर भएको राजनीतिलाई बलियो बनाएर । मलाई के लाग्छ भने राजनीतिले समाधान दिइराखेको छैन । राजनीति जर्जर छ । उत्पादनहीन छ । यसले देशको महिमा बढाउने भन्दा पनि देशलाई पीडा हुन त राजनीतिज्ञहरू यहाँ हुनुहुन्छ मलाई माफ गर्नुहोला । तर मैले भन्नुपर्ने भएर भनेको हो । राजनीति जर्जर भएको छ । यसले निकास दिएको छैन । यसले समाधान दिइराखेको छैन । यसले प्रोत्साहन दिएको छैन, हौसला दिएको छैन । देशमा बसुँबसुँ जस्तो पारेको पनि छैन । देश छोडौंछोडौं जस्तो बनाएको छ । भागौँ भागौँ जस्तो बनाएको छ । हामी आफैँलाई फकाएर, लुकाएर के खोज्न जान्छौँ बाहिर ? थाहा छैन । यो पनि एउटा कथ्य विषय होला । त्यसो हुनाले साहित्यकारहरूले जहाँ, जुन देशमा गरिबी भोग्छ, अपमान भोग्छ । उपेक्षा भोग्छ । र, जर्जर क्षेत्र, अनुत्पादक क्षेत्र, त्यसलाई अरू धेरै नाम नदिऊँ । म त्यसको धेरै अपमान गर्न चाहन्न । तर त्यो क्षेत्र महिमा मण्डित छ । त्यो स्वाधीन छ । त्यो सम्पन्न छ । त्यो वैभवशाली छ । त्यो आकर्षक छ । त्यस्तो भएपछि यो देशको अवस्था यस्तो नभएर कस्तो हुन्छ ? यस्तै त हुन्छ नि । यस्तो परिस्थिति भोगेको समाजको नियमित यस्तै त हुन्छ नि । त्यसैले हामी अलिकति पनि सचेतना भएकाहरूले भन्ने बेला हो–साहित्यकार सम्मानित हुनुपर्छ । साहित्यकारहरूले आफ्नो सृष्टिको, सृजनाको भरपुर लाभ लिन पाउनुपर्छ । हामीले बजारीकरण गर्‍यौ त्यही साहित्य, जो लाभदायक छ । बजारीकरण जसले गर्‍यो, त्यसलाई लाभ त भयो होला । तर स्रष्टाले के भेट्टाउँछ मलाई थाहा छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ