arrow

शङ्ख फुक्दै मन्त्री किराँतीको राजीनामा माग, संसद भवन घेराउ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
kirati-rajinama-maag.jpg

काठमाडौँ ।  सनातन धर्मावलम्वीहरु  शङ्ख फुक्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा मागेका छन् । 

सनातन धर्मावलम्वीहरु शङ्ख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै  संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् ।

मन्त्री किराँतीको बर्खास्तको माग गर्दै प्रदर्शन समेत गरेका छन्  ।

गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् ।

संसद भवन घेराउ गर्न लागेका उनीहरूलाई प्रहरीले बानेश्वरमै रोकेको थियो । 

 विरोध प्रदर्शनमा सहभागी भएकाहरूले मन्त्री किराँतीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए । 

उनीहरूले गैर जिम्मेवार मन्त्री राजीनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए । 

मन्त्री किराँतीले एक कार्यक्रममा  ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भनेका थिए । त्यसपश्चात् उनको चौतर्फ विरोध भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ