arrow

अधिवक्ता अर्याल एपीसीगको अध्यक्षमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
baburam-aryal-advocate.jpg

काठमाडौँ । अधिवक्ता बाबुराम अर्याल एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपीसीग) को अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा पाकिस्तानका मुबसिर सरगनालाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् । अनलाइन भोटिङमा अर्यालले २१ मत ल्याउँदा सरगनाले १५ मत ल्याए ।

विजयी भएसँगै अर्यालले संस्थाले एसिया प्यासिफिकमा लिडरशिप पोलिसीमा लिडर जन्माउने गरी काम गर्ने भएकाले नेपाली युवाहरुलाई पनि इन्टरनेशनल एक्सपोजर दिने गरी सहभागी गराउन सकिने बताए । 

उनले आफ्नो जितले नेपाली युवाको क्षमता वृद्धिमा टेवा पुग्ने पनि उनको भनाइ छ । 

अर्याल साइबर कानून, साइबर सुरक्षा, दूरसञ्चार कानून तथा मिडिया कानूनको क्षेत्रमा लामो समयदेखि कार्यरत कानून व्यवसायी हुन् । 

उनले नेपाल तथा एसिया प्यासिफिकको क्षेत्रीय स्तरमा इन्टरनेट गभर्नेन्सका मुद्दाहरूमा लामो समयदेखि योगदान गर्दै आएका छन् । 

यसैगरी दुई जना उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा भारतका डा. गोविन्द कुमार सर्वाधिक २१ मत ल्याई निर्वाचित भए । दोस्रो उपाध्यक्षका लागि नेपालका श्रीदीप रायमाझी र पाकिस्तानका वकास हसनको मत बराबर (१६) भएको हुँदा दोस्रो राउन्डको निर्वाचन भएको थियो । 

दोस्रो चरणको निर्वाचनमा पाकिस्तानका वकास हसन विजयी भए । दुई वर्ष कार्यकाल रहने सञ्चालक समितिको रिक्त अध्यक्ष र दुई उपाध्यक्ष पदमा निर्वाचन भएको हो ।

पाँच जनाको सञ्चालक समिति रहने एपीसीगको सचिवमा श्रीलङ्का कि सागरिका विक्रमशेकरा र कोषाध्यक्षमा बङ्गलादेशका शाह जहिदुर रहमान यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

एपीसीगले एसिया र प्रशान्त क्षेत्रमा इन्टरनेटको विकास र नीतिगत व्यवस्था, प्रविधिमा पहुँच, डिजिटल सुरक्षा र साक्षरता जस्ता विषयहरूमा क्षमता विकासको काम गर्दछ । संस्थामा एसिया प्रशान्त क्षेत्रका देशहरूबाट बहुसाझेदारी अवधारणामा सदस्यहरू आबद्ध हुन्छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ