arrow

टीआरसी विधेयक पीडितले न्याय पाएको अनुभूति गर्ने गरी बनोस् : एमाले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
mahesh-bartaula.jpg

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबाट पीडित न्याय पाएको अनुभूति गर्ने गरी कानून बनाउन नेकपा एमालेले जोड दिएको छ । 

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बसेको बैठकमा एमाले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सहमति जनाएको छ ।

सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएपछि शीर्ष नेताहरुबीच टीआरसी विधेयक टुङ्ग्याउनेतर्फ सकारात्मक देखिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भएको र पीडित मैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताए । 

उनले भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानून बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्मा प्रस्तुत हुने बताए ।

 उनले सरकार पीडित मैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिब करिब जुटेको बताए ।

उनले भने, ‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेष गरी तीन दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भयो । पीडित मैत्री कानून बनाउने हो भने तत्काल अघि बढोस् । आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानून बन्ने हो भने नेकपा एमाले यही कुरा भनिरहेका छौँ । सरल ढङ्गले अघि बढ्छ । सकारात्मक निष्कर्ष भनेको आगामी संसद्को अधिवेशन विषय लैजाने र केही दिनमा पुनः शीर्ष नेताहरूको छलफल हुने भन्ने निष्कर्ष छ । विषय खुलेको छ । भिक्टिम सेन ट्रिक कानून बनाउने कुरामा सरकार तयार छ, सकारात्मक ढङ्गबाट अघि बढ्ने अवस्था देखिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ