arrow

कारको ठक्करबाट पोखरा दुई युवकको मृत्यु, चालकको खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
accident-1.jpg

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुई जना पैदल यात्रीको मृत्यु भएको छ । 

बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनापछि कार चालक फरार छन् । निजको खोजी भइरहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ