arrow

कास्की कारागारबाट भागेका कैदी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
pakrau9.jpg

पोखरा। ‘जेन-जी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरबाट पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका-९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो । 

शुक्रबार राति ९ बजे गलेश्वरमा शङ्कास्पद रूपमा हिँडडूल गरिरहेको अवस्थामा फक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । 

“कास्की जिल्ला अदालतले सात वर्ष कैद फैसला सुनाएका सार्की पोखरास्थित कारागारमा सह-नाइकेको जिम्मेवारीमा रहेको खुलेको छ”, उनले भने।

उनका अनुसार छानबिनका क्रममा गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ