- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले 'क्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउने छन् ।
शैक्षिक शुल्क भुक्तानीका लागि ईसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एक जनाले यो अवसर पाउने छन् । डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लैजान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
सहज,सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको ईसेवाले जनाएको छ ।
यो छात्रवृत्ति योजनाले खाली एउटा वित्तीय योगदानमात्र नभई यसले युवा मस्तिष्कमा हौसला भर्नेछ ।
कसरी भर्ने ? यस्तो छ प्रेस विज्ञप्ति–