- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले मङ्गलबार आर्कटिक सर्कलभन्दा बाहिरको पेनल कोलोनीमा २० दिनको ‘अत्यन्त थकाउने’ स्थानान्तरणपछि आफू ‘ठिक’ रहेको बताएका छन् ।
दुई साताभन्दा बढी समयदेखि अज्ञात अवस्थामा रहेका क्रेमलिनका आलोचक नभाल्नी अहिले रुसको सुदूर उत्तरमा रहेको पेनल कोलोनीमा रहेको र वकिलसँग भेट भएको उनका समर्थकहरूले सोमबार बताएका छन् ।
“मेरा बारेमा चिन्ता नलिनुहोस्, म ठिक छु, अन्ततः यस्तो गरेकामा मैले पूर्णरूपमा आराम गरिरहेको छु”, उनले जाडोका कपडा र दारीलाई उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “सान्ता क्लजका लागि जस्तै म अहिले पनि राम्रो मनस्थितिमा छु ।”
अमेरिकी विदेश मन्त्रालयले नभाल्नीको स्वास्थ्य र उनको अनुचित नजरबन्दको अवस्थाप्रति गहिरो चिन्तित बनाएको बताएको छ ।
विष दिएर हत्या गर्ने प्रयासबाट बचेपछि सन् २०२१ मा कारागार जानुअघि नभाल्नीले व्यापक स्तरको सरकार विरोधी प्रदर्शन गरेका थिए ।
उनले आफ्नो हिरासतको अधिकांश समय मस्कोबाट करिब दुई सय ५० किलोमिटर पूर्वमा रहेको भ्लादिमिर क्षेत्रमा आइके–५ पेनल कोलोनीमा बिताएका छन् ।
अगस्टमा एक अदालतले चरमपन्थीको आरोपमा उनको सजायलाई १९ वर्षसम्म बढाउँदै उनलाई सामान्यतया विशेषरूपमा खतरनाक कैदीहरूलाई राखिने कठोर ‘विशेष शासन’ कारागारमा राख्ने फैसला गरेको थियो ।
उनको अघिल्लो हिरासतमा राखिएको स्थानको विशेषता भनेको कुनै पनि पत्र इमेलको सट्टा नियमित हुलाक सेवामार्फत नभाल्नीसम्म पुग्न धेरै समय लाग्नेछ ।
सहयोगीहरूका अनुसार उनको स्थानान्तरण रुसमा आगामी राष्ट्रपति निर्वाचनसँग जोडिएको हुनसक्छ ।
यसअघि क्रेमलिनका धेरै आलोचकहरू कारागारमा परेका छन् वा भागेका छन् ।
नभाल्नीले एक्समा उन शनिबार खार्प गाउँमा आर्कटिक पेनल कोलोनी आइपुगेको र सोमबार आफ्ना वकिलसँग भेट गरेको बताएका छन् ।
सोभियत कालमा कैदीहरूलाई टाढा टाढाका स्थानमा रेलमाफर्त लगिने गरेकाले रुसमा कैदीहरूको स्थानान्तरणमा धेरै साता लाग्न सक्छ ।
“मैले जनवरीको मध्यअघि कसैले मलाई यहाँ भेट्टाउने अपेक्षा गरेको थिइनँ”, उनले लेखेका छन्। उनले बरफले ढाकिएको सेलबाहेक वरपर केही नदेखेको बताएका छन् ।
“दुर्भाग्यवश त्यहाँ कुनै बाह्रसिंगा छैनन् तर ठूला र सुन्दर गोठाला कुकुर छन्”, उनले भनेका छन् ।
आगामी दिनमा खार्पमा तापक्रम शून्यदेखि माइनस २६ डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको छ ।