arrow

नाबालिग बलात्कार आरोपी सन्दीपको मुद्दाको छिनोफानो आज 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
sandeep-lamichhane-2080.jpg

काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको छिनोफानो आज हुदैछ । 

लामिछाने विरुद्धको जिल्ला अदालत काठमाडौँमा दायर  बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।

आइतबार फैसला बहस नसकिएपछि अजका लागि समय तोकिएको थियो ।

जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात् न्यायाधीश शिशिरराज ढकालले आइतबार मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।

सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ