arrow

महिला टी–२० मा एपीएफको लगातार पाँचौँ जित, कोशीले गण्डकीलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
pmcup-t20-apf-karnali-2080.jpg

काठमाडौँ । प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले लगातार पाँचौँ जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौँ जित हासिल गरेको हो ।

एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रनमात्र बनाएको थियो । यसअघि एपीएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।

यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुँदै १० अंक हासिल गरेर अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौँ हार बेहोरेको छ । अब एपीएफले अर्को खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेलमा बिहीबार नै बागमती प्रदेशसँग खेल्ने छ ।

यता, कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो । 

कोशी प्रदेशले दिएको १०४ रनको लक्ष्य पछाएको गण्डकीले १५ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाएपछि कोशी ५५ रनले विजयी भएको हो । गण्डकीका लागि सुमन खतिवडाले २१ रन बनाएकी थिइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

यो जितपछि कोशी प्रदेशको ५ खेलमा ८ अंक भएको छ भने गण्डकीले चौथो हार बेहोरेको छ । गण्डकीको ५ खेलमा २ अंक मात्र रहेको छ । कोशी अंक तालिकामा दोस्रो स्थानमा रहेको छ भने गण्डकी छैटौँ स्थानमा रहेको छ ।

अब कोशीले बिहीबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकीले बिहीबार नै एपीएफको सामना गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ