arrow

मर्स्याङ्दी जलविद्युतले दियो २२ करोड मुआब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
marsyangdi_new.JPG
तस्बिर-फाइल

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको जग्गालाई मुआब्जा दिन थालेको छ ।

केन्द्रले ९ रोपनी १० आना २ पैसा ३ दाम जग्गा अधिग्रहण गरी जग्गाधनीलाई मुआब्जा दिन थालेको हो । 

आयोजनाको बाँधले त्यसक्षेत्रका वस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन थालिएको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए ।

त्यहाँका स्थानीय मुआव्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । सोही बमोजिम १३ घर परिवारको जग्गा अधिग्रहण गरिएको गौतमले बताए । उनका अनुसार १३ घर परिवारलाई कूल रु. २१ करोड ७८ लाख ८५ हजार ९ सय ६७ प्रदान गरिने छ ।

जसमध्ये जग्गाका लागि रु. १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ र घरटहराका लागि रु. ३ करोड ९० लाख ९९ हजार ३ सय १५ वितरण हुनेछ ।

गत साउन २६ गते तनहुँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरिसकिएको थियो । 

समितिको बैठकले जग्गाको प्रतिरोपनी रु. १ करोड ८४ लाख ९२ हजार ६ सय ८० का दरले जग्गाको मुआब्जा निर्धारण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ