काठमाडौँ । नेप्से परिसूचक शेयर बजारको ओरालो यात्रा कायमै छ । गत आइतबार २१ अङ्कले घटेको शेयर बजार दुई दिनको बिदापछि खुलेको नेप्सेमा फेरि पहिरो गएको हो । बुधबार १७.२३ अंकले घटेको छ ।
बुधबार १७.२३ अंकले घटेको शेयर बजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ८३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।