arrow

यो वर्ष सबैभन्दा धेरै गोल रोनाल्डोबाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
ronaldo-alnasar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ ।

 ३८ वर्षीय रोनाल्डो सन् २०२३ सकिन लाग्दा वर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० सहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।

रोनाल्डोले एक वर्षमा ५० भन्दा बढी गोल गरेको यो आठौँ पटक हो ।

यस सूचीमा दोस्रो स्थानमा इङल्याण्डका ह्यारी केन र फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । दुवैले ५२–५२ गोल गरेर यस सूचीमा दोस्रो स्थानमा रहेका छन् ।

हाल बायर्न म्युनिखमा शानदार फुटबल खेलिरहेका केनले यस वर्ष ५२ गोल गरेका छन् । केनले २०२३ मा बायर्नका लागि २५ गोल गरेका छन् भने इङ्गल्याण्डका लागि ९ गोल गरेका छन् । त्यस्तै यस वर्ष उनले टोटनह्यामका लागि १८ गोल गरेका थिए ।

त्यस्तै एम्बाप्पेले फ्रान्सका लागि यस वर्ष १० गोल गरेका छन् भने पिएसजीका लागि ४२ गोल गरेका  छन् ।

त्यस्तै यस सूचीमा तेस्रो स्थानमा नर्वेका इर्लिंग हालाण्ड रहेका छन् । हालाण्डले यस वर्ष कुल ५० गोल गरेका  छन् । उनले नर्वेका लागि ६ गोल गरेका छन् भने म्यानचेस्टर सिटीका लागि ४४ गोल गरेका छन् । यद्यपि हालाण्डले यस बर्ष अझै २ खेल खेल्न बाँकी रहेको छ ।

त्यसैगरी रोमाबाट खेल्ने बेल्जियमका रोमेलु लुकाकुले २०२३ मा ४० गोल गरेका छन् भने फेयनोर्डबाट खेल्ने मेक्सिकोका सान्टियगो गिमेनेजले ३९ र इन्टर मिलानबाट खेल्ने अर्जेन्टिनाका लाउतारो मार्टिनेजले यस वर्ष ३७ गोल गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ