arrow

नबिल बैङ्कले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
nabil-instant-golden-loan.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएको छ। आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घण्टाभित्र पाउने गरी बैङ्कले यो ऋण योजना ल्याएको हो।

यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ। आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैङ्कले दाबी गरेको छ। त्यस्तै सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ। बैङ्कले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ।

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ। जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी  र सूर्य विनायक शाखाबाट लिन सकिन्छ। उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्ले ढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैङ्कले जनाएको छ।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क मध्ये एक हो। बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैङ्कले १८ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ