arrow

महिला टी–२० मा बागमती र मधेस विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
pmcup-t20-women-2023.jpg

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा बागमती प्रदेश र मधेस प्रदेश विजयी भएका छन् । बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको हो ।

बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । कर्णालीले दिएको केवल ४३ रनको लक्ष्य बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि कर्णालीले पहिला ब्याटिङ गर्दै १३.४ ओभरमा अलआउट हुँदै केवल ४२ रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशको प्लेअफको सम्भावना बलियो बनेको छ । बागमतीको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशले भने लगातार छैटौँ खेलमा हार बेहोरेको छ र  प्लेअफको दौडबाट बाहिरिएको छ ।

यता मधेस प्रदेशले दोस्रो जित हासिल गरेको छ । मधेसले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य पछ्याएको मधेसले १८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि लुम्बिनीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

प्रतियोगितामा मधेस प्रदेशको दोस्रो जित हो । यो जितपछि ६ खेलमा ४ अंक हासिल गरेको मधेश अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै यो हारले लुम्बिनीलाई भने झट्का लागेको छ र प्लेअफमा छनोट हुने सम्भावना मुश्किल बनेको छ ।

 लुम्बिनीको ६ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा पाँचौँ स्थानमा रहेको छ ।

अब लिगको अन्तिम खेलमा शनिबार मधेस प्रदेशले कर्णाली प्रदेशको सामना गर्नेछ भने लुम्बिनीले कोशी प्रदेशको सामना गर्नेछ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ