arrow

आरोपी सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
sandeep-lamichhane-2080.jpg

काठमाडौँ। नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुदैछ । 

जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि आजका लागि सुनवाइमा राखिएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको छ ।

 सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ ।

 यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ