arrow

उच्चस्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न अध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
chandra-dhakal-butwal-fncci-2023-2080.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

शुक्र बारबारदेखि चरिकोटमा सुरु भएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रङ्कलाइनको विवादले व्यवसायीहरूको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने बताउँदै उच्च स्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

समस्यामा रहेको मुलुकको अर्थतन्त्र बिस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा फेरि नेपाल विद्युत् प्राधिकरण र व्यवसायीहरुबिच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन सक्ने बताउँदै उहाँले यसको तत्काल समाधान गर्न जरुरी रहेको बताए।

उनले उच्च स्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्न सके यसबाट साधैको लागि यस्ता किसिमका समस्याहरूको समाधान आउने पनि बताए।

अहिले मुलुकको अर्थतन्त्र बिस्तारै सुधार हुने सङ्केत देखिएको बताउँदै यसकालागि सरकारले पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउन समेत आग्रह गरे।

निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरेको प्रति विशेष आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले आम निजी क्षेत्र र पब्लिकको कन्फिडेन्स बढाउन सहयोग पुगेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ