arrow

महिला टी–२० को प्लेअफ समीकरण पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
pmcup-t20-women-2080-09-14.jpg

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफको समीकरण पूरा भएको छ । शनिबार लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको समीकरण पूरा भएको हो ।

जारी प्रतियोगितामा अब पहिलो क्वालिफायरमा विभागीय टिम एपीएफ र कोशी प्रदेश खेल्ने भएका छन् । सबै ७ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १४ अंकसहित शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा छनोट भएको छ भने कोशी प्रदेश ७ मध्ये ६ खेलमा जित हासिल गर्दै १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

पहिलो क्वालिफायर खेल आइतबार हुँदैछ । यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउने छ । 

त्यस्तै प्रतियोगिताको इलिमिनेटरमा भने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश खेल्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेश ७ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंकसहित तेस्रो स्थानमा रहेको छ भने बागमती प्रदेश ७ खेलमा ४ जित र २ हार सहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेर इलिमिनेटर खेल्ने भएको हो । इलिमिनेटरको खेल आइतबार हुँदैछ ।

यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायर खेल सोमबार हुने छ भने फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।  

प्रतियोगितामा भाग लिएका मधेश प्रदेश पाँचौँ, लुम्बिनी प्रदेश छैटौँ, गण्डकी प्रदेश सातौँ र कर्णाली प्रदेश जितविहीन हुँदै आठौँ स्थानमा रहेर बाहिरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ