arrow

प्रो क्लब च्याम्पियनशिप क्रिकेटको उपाधि पुलिसलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
proclub-championship-police.jpg

काठमाडौँ । वीरगञ्जमा सम्पन्न नेपाल प्रो क्लब च्याम्पियनशिप टी–२० क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले पर्सा–११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो ।

पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो। पर्साका लागि अनिल साहलेमात्र दोहोरो स्कोर बनाउने क्रममा १३ रन जोडेका थिए । 

पर्साको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले २२ रन खर्चेर ४ विकेट लिए । ललित राजबंशी र रशिद खानले २–२ विकेट लिएका थिए। त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्ने क्रममा १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए।

यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन्। बलात्कार आरोपमा दोषी पाइएपछि उनी टिममा समावेश भएका थिएनन् । 

प्रतियोगितामा नेपाल आर्मी क्लब तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको भिडन्तमा भारतको वन्डर्स क्लब नोइडालाई ६ विकेटले हराउँदै आर्मी तेस्रो भएको हो । 

पहिले ब्याटिङ गरेको नोइडाले निर्धारित ७ ओभरको खेलमा ३ विकेटको क्षतिमा ७४ रन बनायो । तीन वटै विकेट शहाब आलमले लिए । 

जवाफमा आर्मीले ६.३ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । सन्दीप रजालीले १० बलमा २३ रन बनाएका थिए । कप्तान विनोद भण्डारी र विवेक यादवले समान ८ बलमा समान १७ रन बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ