arrow

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
Dig bahadur limbu.jpg

काठमाडौँ ।  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५औँ साधारणसभाका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमा मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्रको उत्तिकै योगदान आवश्यक रहेको बताए । 

“नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरोकारवाला र सरकार एकजुट हुन आवश्यक छ”, उनले भने । खेलकुद क्षेत्रमा लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गरेर अगाडि बढ्न आवश्यक रहेको उनले धारणा राखे । 

मन्त्री लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताए । उनले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भूमिका विषयलाई लिएर समीक्षा गर्नुपर्ने उल्लेख गरे ।

मन्त्रीले लिम्बुले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताए । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने उनको भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको बताए । उनले ओलम्पिकमा सहभागिता मात्र होइन पदक ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे । सरकार खेलकुद सङ्घ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममुखी बनाउन सक्ने उनको भनाइ थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो भएपछि अपेक्षाअनुसारको नतिजा दिन नसकेको बताए । उनले  काम गर्ने तरिकाबारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न आग्रह गरे ।

कार्यक्रममा ओलम्पियन दीपक विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले नेपाली खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ