arrow

एपीएफ प्रधानमन्त्री कप महिला टी–२० को फाइनलमा, कोशी पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
pmcup-apf-koshi-2080.jpg

काठमाडौँ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एपीएफले दिएको १४० रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गर्दै एपीएफले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ । अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायर सोमबार हुने छ ।

त्यस्तै यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै फाइनलमा पुगेको एपीएफले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्ने छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ