arrow

प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग गरेका छैनौंः मुरारका

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
pashupati-murarka-2080-09-1.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफूहरूले नेपाल विद्युत प्राधिकरणले दिएको डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको बताएका छन् । 

आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुरारकाले यस्तो बताएका हुन् । 

उनले प्राधिकरणले प्रमाण दिए सबै उद्योगहरु पैसा तिर्न तयार रहेको बताए । उनले चार वर्ष अघिको बिल अहिले आएर पेश गरेर पैसा उठाउने काम बन्द गर्न आग्रह गरे । 

उनले व्यवसायीहरु र प्राधिकरणबीच राम्रो सम्बन्ध बनाउन चाहेको भन्दै डेडिकेटेड र ट्रंकलाइनको विषयमा संवादमार्फत छिनोफानो गर्न आवश्यक रहेको बताए । उनले प्राधिकरण आफैँले लोडसेडिङको समय विद्युत आपूर्ति गर्न सक्दैनौँ भनेर सार्वजनिक सूचना जारी गरेको समयमा उद्योगहरुले विद्युत प्रयोग गरेको प्रमाण खोज्न जायज नभएको बताए । 

उनले विद्युत प्रयोग गरेको प्रमाण खोज्दा व्यवसायीहरुले के गलत गर्यौँ ? भन्दै प्रश्न गरे । 

उनले १०३ र १०८ बैठकको शर्तअनुसार प्राधिकरणले बिल पठाए पैसा तिर्न तयार रहेको बताए । उनले प्राधिकरणले उद्योगीहरुलाई चोरको रुपमा प्रचार गर्नु गलत भएको बताए । 

उनले उद्योगीहरुको उद्योग बन्द भए प्राधिकरणलाई ठूलो झड्का लाग्ने बताए । उनले डेडिकेटेडमा २४ घण्टा नै विद्युत चलाएको र ट्रंकको हकमा २० घण्टाभन्दा बढी चलाएको हुनु पर्नेमा यो शर्त नै लागू नहुने भएकोले प्राधिकरणले प्रिमियम लिन नमिल्ने बताए । 

उनले विद्युत महसुल निर्धारण आयोगले प्रिमियमदर निर्धारण गर्दा केही शर्त राखेको र त्यसअनुसार विद्युत उपलब्ध नगराइएको जिकिर गरे । मुरारकाले बत्ती बालेको पाइएमा आफूहरू रकम तिर्न तयार रहेको र यसमा छलफल गरेर समाधान निकाल्नुपर्ने बताए ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर भावनात्मक कुरा गरेको बताए । 

उनले व्यवसायीहरुलाई दोषी देखाउने गरी भावनात्मक रुपमा प्रस्तुत भएको बताए । 

उनले कुलमान घिसिङले बोल्ने बित्तिकै कानून नबन्ने बताए । 

उनले अर्थतन्त्रमा परेको असरको कारण अप्ठेरोमा रहेका उद्योगीलाई उद्योगको विद्युत काटेर तर्साउने र धम्काउने काम सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ