arrow

प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटको उपाधिका लागि सशस्त्र र कोशी भिड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
pmcup-koshi-spp-2080.jpg
तस्बिर – कोशी र सुदूरपश्चिम प्रदेशबीचको खेल, क्यान ।

काठमाडौँ । कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार सम्पन्न दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो ।

अब कोशी प्रदेशले बुधबार फाइनलमा सशस्त्र प्रहरीको एपीएफको सामना गर्ने नेपाल क्रिकेट संघ क्यानले बताएको छ । एपीएफले यसअघि पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई नै पराजित गरेर फाइनलमा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ