arrow

रहेनन् अग्रज पत्रकार पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
gokulprasad-pokharel-journalist.jpg

काठमाडौँ । अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ। दमको समस्याबाट ग्रसित पोखरेलको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो। उनी गोरखापत्रका पूर्वसम्पादक हुन् ।

धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबारमात्र उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गाीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन्।

उनी २०३७  वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक भएका थिए। 

पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भएका थिए। उनी राष्ट्रिय समाचार समितिका सम्पादकसमेत भएका थिए। पोखरेल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ