arrow

सीपबिल्डिङमा पुस २० गतेसम्म फारम भर्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
eps-korea.jpeg

काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ ।

मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् । 

विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा दुःखद् घटना घट्न गई दुई जनाको मानवीय क्षति हुन गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न सुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ