arrow

प्रधानमन्त्री कप महिला टी–२० को उपाधिका लागि सशस्त्र र कोशी भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
pmcup-final-day.jpg

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । फाइनलमा आज विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन् ।

यो खेल बिहान ११ बजेदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा एपीएफ अपराजित हुँदै फाइनलमा पुगेको हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले इलिमिनेटरमा बागमती प्रदेशलाई हराएको सुदूरपश्चिम प्रदेशसँग खेल्दै ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अब यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुँदैछ । यसअघिका दुवै भिडन्त एपीएफले जितेको थियो । 

लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ । 

लिग चरणमा सशस्त्रले १४, कोशीले १२, सुदूरपश्चिमले १० तथा बागमती प्रदेशले ८ अंक हासिल गर्दै प्लेअफमा पुगेका थिए । 

मधेस प्रदेश ६, लुम्बिनी प्रदेश ४, गण्डकी प्रदेश २ तथा कर्णाली प्रदेश अंकविहीन हुँदै बाहिरियो । एक विभागीय र सात प्रदेश गरी आठ टिमबीच प्रतिस्पर्धा भएको हो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ