arrow

शीतकालीन ओलम्पिक टिमलाई केल्मीको साथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
youth-olympic-kelme.jpg

काठमाडौँ । दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले बुधबार खेल पोशाकको प्रायोजन गरेको छ । 

केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित कार्यक्रमबीच नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरे ।

शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो र प्रतिस्पर्धा यू–१९ स्तरमा हुने गर्छ । यसपल्टको प्रतियोगिता जनवरी १९ देखि फेब्रुअरी १ सम्म आयोजना हुनेछ । 

त्यसमा नेपालका तर्फबाट पुरुषमा छोवाङ मिन्गुर तामाङ र महिलामा लक्ष्मी राईले सहभागिता जनाउने छन् । उनीहरू दुवैले स्लालम र जायन्ट स्लालममा आफ्नो चुनौती पेस गर्नेछन् ।

टिमको प्रशिक्षकमा सफलराम श्रेष्ठ र व्यवस्थापकमा रमा भट्टराई रहेका छन् । नेपाली टिम बिहीबार नै गाङवन प्रस्थान गर्दैछ । 

प्रतियोगिता अगाडि ‘ड्रिम फ्रोजेक्ट’ कार्यक्रम अन्तर्गत १५ दिनको विशेष कार्यत्रम पनि सञ्चालन गरिनेछ । 

कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले खेल पोशाक प्रायोजकका लागि धन्यवाद व्यक्त गर्दै प्रतियोगितमा नेपालको सफल प्रदर्शनका लािग शुभकामना पनि व्यक्त गरे । 



नयाँ