arrow

त्रिविको केन्द्रीय पुस्तकालय उद्घाटन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
tu-library-jayashankar-(6).jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको उद्घाटन भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गरेका हुन् । 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित  भवनको आज उद्घाटन भएको हो । नेपाल भ्रमणमा रहेका एस जयशङ्करले त्रिवि परिसरमा भएको कार्यक्रममा नयाँ भवनको शुभारम्भ गरेका हुन् । 

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।  

त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् । 

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम) समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उनले दिए । 

विसं २०७७ मा पुस्तकालय भवन निर्माण शुरुआत भएको थियो  । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ ।

बिहीबार नेपाल आएका जयशंकर मध्यान्ह स्वदेश फर्किदै छन् । 

tu-library-jayashankar (6).jpg
tu-library-jayashankar (1).jpg
tu-library-jayashankar (2).jpg
tu-library-jayashankar (3).jpg
tu-library-jayashankar (4).jpg
tu-library-jayashankar (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ