arrow

पक्राउ परे ‘टुटल’का संस्थापक भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
shikshit-bhatta-tutle.jpg

काठमाडौँ । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौँ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौँ प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ