arrow

एक्साइडका डिलरहरुको युरोप भ्रमण सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
exide-europe-tour-2023.jpg

काठमाडौँ । नेपालको नम्बर एक ब्राण्ड भनेर गनिएको एक्साइड ब्याट्रीका डिलरहरुको युरोप भ्रमण सम्पन्न भएको छ । यो ब्राण्डको उन्नतिमा उत्प्रेरकको भूमिका खेली कम्पनी र च्यानल पार्टनरहरुबीचचको सम्बन्धलाइ थप सुदृढ गरेको दाबीसहित सिप्रदी ट्रेडिङले डिलरहरुलाई युरोप भ्रमण गराएको हो । 

अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धी ल्याइएको योजना अन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल एक डिलरहरुको टोलीलाई उपहार स्वरूप ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराइएको थियो । 

कम्पनीका अनुसार सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सफल ५ जना स्टाफलाई पनि  उक्त भ्रमणमा समावेश गरिएको थियो । 

युरोप भ्रमण फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी र स्वीट्जरल्याण्ड लगायतका मुलुकहरुमा गराइएको हो । 

भ्रमणको क्रममा एक्साइड ब्याट्रिजका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले उक्त टोलीको नेतृत्व गरेका थिए । युरोपको भ्रमणको लागि छानिएका डिलरहरुमा बिन्दबासिनी ट्रेड्र्स, रक्षा सप्लायर्स, आरबी इलेक्ट्रिकल्स, तिरुपति बालाजी टायर वल्ड प्राली, बानेश्वर इलेक्ट्रिकल्स एण्ड सप्लायर्स, इजी पावर सोलुसन ट्रेडर्स, जेएस ट्रेड लिङ्क प्राली, ब्याट्री वल्र्ड र उग्रतारा ट्रेडिङ्ग रहेका थिए ।

यस क्रममा उनीहरुले यस्ता मुलुकहरुको मुख्य शहरहरुमा अवस्थित प्रख्यात स्थलहरु जस्तै एफिल टावर (फ्रान्स), मन्नेकेन पिस पिस (बेल्जियम), वुडन एण्ड चिज फ्याक्ट्री (नेदरल्याण्ड्स), माउण्ट टिटलस (स्वीट्जरल्याण्ड) अवलोकन गरेका थिए । 

यसका अतिरिक्त डिलरहरुले रिभर क्रुज, क्यानल क्रुज र सिटी टुर जस्ता अन्य मनोरञ्जनात्मक क्रियाकलापहरु गरेका  थिए । 

युरोप भ्रमण पश्चात् वरिष्ठ महाप्रबन्धक तिवारीले उनीहरुलाई यस कार्यक्रमलाई सफल बनाउन सहयोग गरे बापत मायाको चिनोे प्रदान गरेको सिप्रदीले जनाएको छ । 

के भन्छ सिप्रदी एक्साइडबारे ? 
यस ब्राण्डको विशेषतः चार पाङ्ग्रे, दुई पाङ्ग्रे, सोलार र इन्भर्टर तर्फ लक्षित छ । मुलुकभर विक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । 

यसकै फलस्वरुप एक्साइडको व्यापार निरन्तर अभिवृद्धि भई यसले नेपाली बजारमा अग्रणी स्थान हासिल गर्न सफल भएको हो । 

एक्साइड ब्याट्रीको नेपालमा आधिकारिक विक्री वितरण गर्ने प्रख्यात व्यापारिक घराना सिप्रदी ट्रेडिङ्गले विगत लामो समयदेखि गरिरहेको छ । 

यही योगदानको कदर स्वरूप उनीहरु समक्ष पटक पटक विभिन्न योजना र अफरहरु प्रस्तुत गरिदै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ