arrow

आयो खेल तालिका

टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल समूह डीमा

समूह चरणमै नेपालले टेष्ट खेल्ने तीन राष्ट्रसँग खेल्ने, भारत र पाकिस्तान एउटै समूहमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
t20-worldcup-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । उक्त तालिका अनुसार दोस्रो पटक विश्वकप खेल्दै गरेको नेपाल समूह डी मा परेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले (पुस २० गते जनवरी ५ मा) सार्वजनिक गरेको तालिकाअनुसार नेपालको समूहमा टेष्ट मान्यताप्राप्त तीन राष्ट्रसमेत रहेका छन् । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश जस्ता टेष्ट राष्ट्रहरु रहेका हुन् । त्यस्तै पाँच टोली रहेको समूह डी मा नेदरल्याण्ड्स पनि समावेश रहेको छ । 
नेपालले पहिलो पटक दक्षिण अफ्रिका र श्रीलंकासँग टी–२० अन्तर्राष्ट्रिय खेल्ने अवसर पाएको हो । बंगलादेश र नेदरल्याण्ड्ससँग भने यसअघि नै खेलिसकेको छ । गत कार्तिकमा काठमाडौँमा सम्पन्न एसिया क्षेत्रको विश्वकप छनोटको फाइनलमा पुग्दै नेपालले दोस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेको हो । 

यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा विश्वकप खेलेको थियो । सो क्रममा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गर्दा बंगलादेशसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो । 
पहिलो पटक टी–२० विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्दै छन् । पूर्व विजेताहरु एवं चिरपरिचित प्रतिस्पर्धीहरु भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । समूह ए मा भारत र पाकिस्तानसँगै आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । 

समूह बी मा अष्ट्रेलिया, इङ्गल्याण्ड, स्कटल्याण्ड, ओमान र नामिबिया रहेका छन् । समूह सी मा वेष्ट इन्डिज, न्यूजिल्याण्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा रहेका छन् । समूहका शीर्ष दुई टोली सुपर एटमा पुग्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ