arrow

चितवनमा चरा गणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
Jagdishpur Bird_Manoj Photo_4.JPG

चितवन । चितवनमा चरा गणना शुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना शुरु गरेको हो । 

सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट शुरु भएको भए पनि यहाँ आजबाट शुरु गरिएको हो । 

चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा शुरु गरिने उनले जानकारी दिए । 

उनले भने, “आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।” गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उनले बताए । 

पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम  र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ । बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए । 

जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ ।  नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ