arrow

विराटनगर जुटमिल लगायतका जीर्ण उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
BIRATNAGARA-JUTE-MILLS1.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगर जुट मिल लगायतका जीर्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याउने तयारी भईरहेको बताएका छन् । शुक्रबार आफ्नो प्रधानमन्त्रीको सय दिनको कार्य विवरण सार्वजनिक गर्दै दाहालले विराट नगर जुट मिललाई पुनः सञ्चालनमा ल्याउनको लागि केहीदिन अघि आफूले सरोकारवालाहरुसँग छलफल पनि गरिरहेको बताएका छन् । 
 
विभिन्न अवस्थामा रहेका यस्ता संस्थानहरू सुधारको लागि भिन्दै रणनीतिका साथ काम गर्ने तयारी भईरसहेको पनि स्पष्ट पारे । उनले निजीकरण समितिको बैठक बसी हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना, बीरगञ्ज चिनी कारखाना जस्ता बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्ने र रूग्ण अवस्थामा रहेका गोरखकाली रबर उद्योगको सञ्चालनको सम्बन्धमा प्रक्रिया अगाडि बढाईएको पनि दाहालले जानकारी दिए । 
 
संघीयतामा सार्वजनिक संस्थानको अवस्थाको विषयमा अर्थ मन्त्रालय समेतको प्रतिनिधित्वमा एउटा समिति गठन पनि भईसको र त्यसले दिएको प्रतिवेदनको आधारमा त्यसको कार्यान्वयनलाई ध्यान दिँदै जाने तयारी पनि भईरहेको छ । 
 
नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा ल्याउनकोलागि गठित सम्भाव्यता अध्ययन समितिद्वारा दिईएको प्रतिवेदनको आधारमा लिमिटेड सञ्चालनको काम पनि अघि बढाईने उनको भनाई थियो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ