arrow

कार्यदललाई क्लष्टर हेरेर उम्मेदवार छनोट गर्ने अधिकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) को आइतबारको सचिवालय बैठकले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सर्वाधिकार प्रदान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले क्षेत्र, क्लष्टर र उम्मेदवार छनौट गर्ने सर्वाधिकार कार्यदललाई दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। अध्यक्ष नेपाल नेतृत्वको उक्त कार्यदलमा उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन् ।

आगामी माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचन तथा राष्ट्रपतिबाट मनोनीत एक सिट  बाँडफाँट गर्न गठबन्धन दलबीच अहिलेसम्म भएका छलफल तथा कार्य प्रगतिबारे  बैठकमा अध्यक्ष नेपालले जानकारी गराएका थिए । 

पार्टीले प्राप्त गर्ने सिट सङ्ख्याको अन्तिम टुङ्गो लागेपछि कार्यदलले विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ