arrow

यी हुन् कांग्रेसका राष्ट्रिय सभा उम्मेदवारहरू 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
congress-party-office-final.jpg

काठमाडौँ । नेपाली कांग्रेसले चरम आन्तरिक विवादकाबीच राष्ट्रिय सभाका उम्मेद्वार चयन गरेको छ। जसअनुसार कांग्रेसले पाका कृष्णप्रसाद सिटौलादेखि जितजंग बस्नेतलाई समेटेर राष्ट्रिय सभाको उम्मेद्वार चयन गरेको हो ।  

सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार १० सिट पाएको कांग्रेसले आज बिहान उम्मेद्वार टुंगाएको हो । 

 रातभर कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा बसेको बैठकले टुंगो लगाएका नामहरु यसप्रकार छन्–
कोशी प्रदेशमा —  कृष्णप्रसाद सिटौला (अन्य) 
मधेस प्रदेशमा — आनन्दप्रसाद ढुंगाना (अन्य)
बागमती प्रदेशमा— जितजंग बस्नेत (अन्य)
विष्णुदेवी पुडासैनी (महिला)
गण्डकी प्रदेशमा— किरणबाबु श्रेष्ठ (अन्य)
पदमबहादुर परियार (अपाङ्गता–अल्पसंख्यक)
लुम्बिनी प्रदेशमा — विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा— कृष्णबहादुर रोकाया (अन्य)
सुदूरपश्चिम प्रदेशमा— बलदेव बोहरा (अन्य)
नारायणदत्त भट्ट (अपाङ्गता–अल्पसंख्यक)

याे भागबण्डामा कांग्रेसको संस्थापन इतरले असन्तुष्टि जनाएको छ । जसका कारण महामन्त्री गगनकुमार थापाले लिखित असहमति जनाएका छन् । उनले केन्द्रीय कार्यसमितिले तोकेको मापदण्डभन्दा बाहिर गएर छनोट गरिएको भन्दै असन्तुष्ट जनाएका हुन् । उनले केन्द्रीय कार्यसमितिले तोकेको मापदण्डको बचाउ गरेका हुन् ।

गगनले दुई ओटा विषयमा नोट अफ डिसेन्ट लेखेका छन् । उनले संविधानले दिएको मापदण्ड विपरीत उम्मेदवार बनाइएको आरोप लगाएका छन् । 

त्यसैगरी अर्जुननरसिंह केसी र बलबहादुर केसीले मधेसमूलका कोही नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

इतर पक्षका नेता डा‍ शेखर काेइराला बैठक बीचमै छाडेर गएपछि सभापति देउवाले फर्काउन लगाएका थिए । उनी फर्किएपछि शेखर–गगन टिमले मागेको चार सिट नै पाएको हो । 

शेखर फेरि फर्केर बैठकमा बसे, संस्थापन इतरलाई चार सिट नै दिने 

बागमतीकी विष्णुदेवी पुडासैनी, गण्डकीका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीकी विष्णुकुमारी सापकोटा शेखर–गगन पक्षका हुन् । 

देउवाले सबै अन्यबाट समेट्दा शेखर–गगन पक्षले समावेशी समेटेको छ । महिला, दलित र अपाङ्गता समेटेर समावेशी बनाइएको हो । 

अर्कातर्फ चारै जना अहिलेसम्म कुनै पनि लाभको पद नलिएकाहरु हुन् ।

अनुभवी कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी

यस्ता छन् कांग्रेसका निर्णयहरु–

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरू

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री
श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, ब।पी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

१, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको २०८० पौष २२ गते बसेको बैठकद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२ (९) बमोजिम तपसीलका उम्मेदवार मनोनयनको निर्णयलाई यो बैठक पारित गर्दछ ।

कोशी प्रदेशमा —   श्री कृष्णप्रसाद सिटौला (अन्य)
मधेश प्रदेशमा — श्री आनन्दप्रसाद ढुंगाना (अन्य)
बागमती प्रदेशमा— श्री जीतजंग बस्नेत (अन्य)
श्री विष्णुदेवी पुडासैनी (महिला)
गण्डकी प्रदेशमा— श्री किरणवावु श्रेष्ठ (अन्य)
श्री पदमबहादुर परियार (अपाङ्गता–अल्पसंख्यक)
लुम्बिनी प्रदेशमा — श्री विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा— श्री कृष्णबहादुर रोकाया (अन्य)
सुदूरपश्चिम प्रदेशमा— श्री बलदेव बोहरा (अन्य)
श्री नारायणदत्त भट्ट (अपाङ्गता–अल्पसंख्यक)

२, संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सबै आदरणीय मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ