arrow

नमूना मध्यवर्ती वन क्षेत्रमा भेटियो दुर्लभ बैकाल गैरी चरा

logo
सन्जय भट्टराई, 
प्रकाशित २०८० पुष २३ सोमबार
baikal-bird-2080.jpg
तस्बिर सौजन्य : मान चौधरी ।

कावासोती । विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदीमा फेला परेको छ । 

प्रकृति संरक्षणका लागी अन्तराष्ट्रिय संघ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातीहरुको रातो सूचीमा राखेको हाँस प्रजातीको बैकाल गैरी चरा नेचर गाइड मान चौधरीले शनिबार फेला पारेका हुन् ।

यसभन्दा अगाडि नेपालमा बैकल गैरी चरा ठूला नदी र तालहरूमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको  जलपंक्षी गणनाका पश्चिम सेक्टर संयोजक डीबी चौधरीले बताए ।

जाडो महिनामा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको छ । 

मंगोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यतिबेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका छन् ।

यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी छन् । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरू आउने भएपछि चरा गणना गर्ने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ