arrow

एमाले संविधान संशोधनको विपक्षमा छैन : नेम्वाङ

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
subash-nembang-news-aaa.jpeg
काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पारेका छन् । एमाले केन्द्रीय स्कुल विभागले वैकल्पिक केन्द्रीय सदस्यका लागि तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरेको ‘नेतृत्व विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले देश र जनताका नाममा आफ्नो पार्टीले संशोधन जतिबेला पनि गर्न तयार रहेको बताए । 
 
“एमाले संविधान संशोधनको विपक्षमा छैन तर केका लागि संशोधन गर्ने हो भन्ने स्पष्ट हुनुपर्छ” उनले भने , “देश र जनताका हितका लागि केही कुरा छुटेका भए एमाले जति बेला पनि संविधान संशोधन गर्न तयार छ ।” 
 
संविधानसभाका तत्कालीन अध्यक्ष नेम्वाङले अन्य मुलुकको दाँजोमा नेपालको संविधान समावेशी र लोकतान्त्रिक भएको जिकिर गरे । उनले संविधान, सङ्घीयता र कार्यान्वयनका बारेमा प्रशिक्षण दिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ