arrow

गुल्शनको शतकमा स्कटल्याण्डमाथि नेपालको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
u19-nepal-2080-09-23.jpg

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा अल आउट हुँदै १४९ रन मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए ।      

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको थियो । नेपालका लागि सिनियर टिमकासमेत भरपर्दा खेलाडी रहेका गुल्शन झाले ११५ बलमा ११४ रन बनाएका थिए ।  त्यस्तै दिपक बोहराले ५४ बलमा अविजित रहँदै ५८ रन बनाएका थिए । 

नेपाल यस विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम–
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ