arrow

कोरोना बढेपछि खोप लगाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
corona-vaccine-janssen_1617889622.jpg

काठमाडौँ । ग्रिस सरकारले कोरोना सङ्क्रमणको वृद्धि भएसँगै कोभिड १९ र इन्फ्लुएन्जा विरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ । 

एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री एडोनिस जर्जियाडिसले कोरोना सङ्क्रमण बढेकाले सतर्क रहन आग्रह गरे । 

गत सेप्टेम्बरदेखि देशभर कोभिड–१९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुई जनालाई मात्रै खोप लगाइएको थियो ।   

करिब १० करोड जनसङ्ख्या भएको देशमा २ लाख १० हजारले मात्र कोभिड–१९ विरुद्धको खोपको पछिल्लो डोज पाएका छन्  । 

गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लुविरुद्धको खोप लगाएका छन् । 

नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ