arrow

रामबहादुर बमजन सर्लाही अदालतमा, यसो भन्छन् श्रेस्तेदार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
bamjan-cib-distric-court.jpg

काठमाडौँ ।  बाल यौन दुराचारको आरोपमा पक्राउ परेका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमजनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराएको हो ।

अहिले न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बयान भइरहेको छ । बयान सकिएसँगै थुनछेक बहस हुने अदालतका श्रेस्तेदार सुदन अधिकारीले बताए ।

बमजनलाई सीआईबीले मंगलबार पक्राउ गरेको थियो । 

नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नवबालिकामाथि यौन दुराचार गरेको अभियोग लागेका बमजनलाई खोजी गर्दै आएको थियो । 

 मंगलवार बेलुका उनलाई प्रहरीले काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको हो । 

थप अनुसन्धानको क्रममा उनको घरबाट १७ देशका विभिन्न मुद्राहरू (नेपाली रकम ३० लाख ९२ हजार ४० धनराशि) बरामद गरिएको छ । 

उनीमाथि आफ्ना चेलाहरूको हत्या गरेको आरोप पनि लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ