arrow

टी–२० मा अफगानिस्तानविरुद्ध भारतको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
t20-india-afg-2024-AP.jpg

काठमाडौँ । भारतले अफगानिस्तान विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा विजयी शुरुआत गरेको छ । श्रृंखलाको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

मोहालीमा अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

भारतको जितमा शिभम दुवेले अविजित रहँदै ४० बलमा ६० रन बनाए । जितेश शर्माले २० बलमा ३१ रन बनाए । त्यस्तै तिलक बर्माले २६, शुभमन गिलले २३ तथा रिंकु सिंहले अविजित १६ रन बनाए । कप्तान रोहित शर्मा भने शून्यमा आउट भएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने अज्मातुल्लाह ओमरजाईले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि मोहमद नाबीले ४२ रन बनाए भने अजमतुल्लाह ओमरजाईले २९, कप्तान इब्राहिम जद्रानले २५, रह्मतुल्लाह गुरबाजले २३ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर मुकेश कुमार र अक्सर पटेलले २–२ विकेट लिएका थिए भने शिभम दुवेले एक विकेट लिएका थिए ।
श्रृंखलामा १–० ले अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ