arrow

चिसो बढ्दो क्रममाः तराईमा हुस्सु, हिमालमा हिमपात 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

चिसो भने बढ्दो क्रममा रहेको छ । काठमाडौँको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ । अधिकतम तापक्रम शुक्रबार दिउँसो १८ डिग्री रहेको महाशाखाले जनाएको छ । आज पनि सोही सेरोफेरोमा रहने अनुमान गरेको छ । 

आज सबैभन्दा कम जुम्लामा माइनस ३.९ डिग्री रहेको छ । न्यूनतममा सबैभन्दा बढी जनकपुरमा १२.४ डिग्री रहेको छ । 

अधिकतम तापक्रम भने सबैभन्दा बढी धनकुटा र जनकपुरमा समान २३ डिग्री रहेको छ भने न्यूनतम धनगढीमा १२.४ डिग्री सेल्सियसमात्र रहेको छ । यो मापन शुक्रबार दिउँसोको हो । पछिल्लो २४ घण्टामा मुलुकका कुनै पनि ठाउँमा वर्षा भएको छैन । 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
 
तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ