arrow

आजपा बन्दको राजनीतिमा अग्रसर हुँदै, माघ ११ गते मधेस बन्द गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
aajapa-madhes-2080-09-28.jpg

रौतहट । आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले ११ माघमा मधेस बन्द गर्ने घोषणा गरेको हो । 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तीय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । यी विभिन्न माग गर्दै आजपाले यसअघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । 

सरकारसँग यी माग गर्दै आजपाले यथासीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरुको माग सम्बोधन गर्ने विषयलाई गम्भीर रुपमा नलिएको भन्दै आजपा आम हड्ताल गर्ने अवस्थामा पुगेको हो । 

आजपा मधेस प्रदेशका इन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप् िजारी गर्दै सरकारलाई दबाब दिने उद्धेश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् । 

‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेकोछ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने । 

आजपाले मधेस बन्द अघि १ देखी ९ माघ सम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाईकल र्याली तथा सोही दिन साझ मसाल जुलुस र ११ माघमा मधेस बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

यसअघि आजपाले १० माघमा मधेस बन्द सहित बिभिन्न कार्यक्रम घोषणा गरेको भए पनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेस बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो ।

यसैगरी आजपाले वीरगंजमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता सो छलफल भएको थियो । यी बिषयमा आजपाले निरन्तर आवाज उठाउँदै आएको तर  सरकारले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनु परेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ